उत्पत्ति 21:17-18
उत्पत्ति 21:17-18 पवित्र बाइबल (NERV)
परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”
उत्पत्ति 21:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ। उठ्, गएर बालकलाई उठा, र त्यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”
उत्पत्ति 21:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले त्यो बालक रोइरहेको सुन्नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्वरले त्यसको सोर सुन्नुभएको छ। त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”
उत्पत्ति 21:17-18 पवित्र बाइबल (NERV)
परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”
उत्पत्ति 21:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले बालक रोएको सुन्नुभयो र स्वर्गबाट परमेश्वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्यो? नडरा। परमेश्वरले बालक रोएको सुन्नुभएको छ। उठ्, गएर त्यसलाई उठा र फकाएर शान्त पार्। त्यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।”