उत्पत्ति 2:2-3
उत्पत्ति 2:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
उत्पत्ति 2:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो। अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
उत्पत्ति 2:2-3 पवित्र बाइबल (NERV)
परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
उत्पत्ति 2:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र सातौँ दिनसम्ममा परमेश्वरले आफूले गरेका सबै काम सिध्याउनुभयो र त्यो दिन विश्राम लिनुभयो। उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्यस दिनसम्ममा उहाँले आफूले गरेका सृष्टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो।