उत्पत्ति 17:12-13
उत्पत्ति 17:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्तान होइनन्, चाहे घरमा जन्मेको होस् अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्। चाहे तेरो घरमा जन्मेको होस् वा दाम हालेर किनेको होस् जसको खलड़ीको खतना भएको छैन, त्यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्तुसम्म हुनेछ।
उत्पत्ति 17:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्, चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा पैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ।
उत्पत्ति 17:12-13 पवित्र बाइबल (NERV)
जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ। यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ।
उत्पत्ति 17:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अबउसो जन्मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्मेका पनि त्यसरी नै खतना गरिनुपर्नेछ। त्यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ। प्रत्येकको खतना हुनुपर्छ र मैले तिमीहरूसँग बाँधेको करार सदाकालको निम्ति हो भनी जनाउने यो एउटा शरीरको चिनो हुनेछ।