उत्पत्ति 14:18-19
उत्पत्ति 14:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्।
उत्पत्ति 14:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए, “सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्ताले अब्रामलाई आशिष् देऊन्।
उत्पत्ति 14:18-19 पवित्र बाइबल (NERV)
शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः “जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो, सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।
उत्पत्ति 14:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि शालेमका राजा मल्कीसेदेक, जो सर्वोच्च परमेश्वरका पूजाहारी पनि थिए, उनले अब्रामकहाँ रोटी र दाखमद्य लिएर आई उनलाई आशीर्वाद दिए र भने “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्!