उत्पत्ति 14:14-16
उत्पत्ति 14:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए।
उत्पत्ति 14:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए। रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे। तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।
उत्पत्ति 14:14-16 पवित्र बाइबल (NERV)
जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।
उत्पत्ति 14:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्ना पालका लडाकु मानिसहरू जम्मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्म पुगे। त्यहाँ उनले आफ्ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्कसका उत्तरमा होबासम्म खेदे। र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्याए। उनले आफ्ना भतिजा लोत र उनका धन-सम्पत्ति र स्त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्याए।