उत्पत्ति 13:1-3
उत्पत्ति 13:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए। तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो
उत्पत्ति 13:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे। अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए। दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो
उत्पत्ति 13:1-3 पवित्र बाइबल (NERV)
अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए। अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे।
उत्पत्ति 13:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मिश्रबाट निस्केर अब्राम उत्तरतर्फ लागे र आफ्नी पत्नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए। अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए। तब उनले त्यो ठाउँ छोडे र ठाउँ सर्दैसर्दै बेथेलतिर गए। उनी अघि आफू पाल टाँगेर बसेको बेथेल र ऐको बीचको ठाउँमा पुगे