उत्पत्ति 1:1-4
उत्पत्ति 1:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुरुमा जब परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, पृथ्वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्धकार थियो। अनि पानीमाथि परमेश्वरका आत्मा घुमिरहनुहुन्थ्यो। तब परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” अनि उज्यालो भयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। तब उहाँले उज्यालोलाई अँध्यारोबाट अलग पार्नुभयो
उत्पत्ति 1:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो।
उत्पत्ति 1:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो। अनि परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
उत्पत्ति 1:1-4 पवित्र बाइबल (NERV)
आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।