गलाती 6:2-4
गलाती 6:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।
गलाती 6:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ।
गलाती 6:2-4 पवित्र बाइबल (NERV)
एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ।
गलाती 6:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक-अर्काको भार उठाउने गर। यस्तै गरेर ख्रीष्टको व्यवस्था तिमीहरूले पूरा गर्नेछौ। यदि कसैले आफूलाई केही हुँ भन्ने सम्झन्छ तर आफू केही होइन भने उसले आफैंलाई ठग्दछ। सबैले आ-आफ्नो चालचलनलाई आफैंले जाँचेर हेर्ने गर। राम्रो भए आफूले गरेको कुरामा रमाऊ, तर अरूले भन्दा राम्रो गर्छु भनेरचाहिँ नफुल