गलाती 3:8-9
गलाती 3:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्” भन्ने सुसमाचार अघिबाटै सुनायो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्।
गलाती 3:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।” त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
गलाती 3:8-9 पवित्र बाइबल (NERV)
धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।” अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।
गलाती 3:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अघि नै धर्मशास्त्रमा अरू जातिका मानिसहरू पनि विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिन्छन् भन्ने लेखिएको थियो। त्यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्वीमा हुने सबै जातिका मानिसलाई परमेश्वरको आशिष् मिल्नेछ।” अब्राहामले विश्वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्वास गरेर आशिष् पाउनेछन्।