गलाती 3:6-9

गलाती 3:6-9 पवित्र बाइबल (NERV)

अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।” यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।” अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब्राहामले त परमेश्‍वरमा विश्‍वास गरे अनि परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो। त्‍यसो हुँदा विश्‍वास गर्नेहरू नै अब्राहामका साँचो सन्‍तान हुन् भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। अघि नै धर्मशास्‍त्रमा अरू जातिका मानिसहरू पनि विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिन्‍छन् भन्‍ने लेखिएको थियो। त्‍यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्‍वीमा हुने सबै जातिका मानिसलाई परमेश्‍वरको आशिष् मिल्‍नेछ।” अब्राहामले विश्‍वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्‍वास गरेर आशिष् पाउनेछन्।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्