गलाती 3:6-8
गलाती 3:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामलाई नै हेर, “उनले परमेश्वरमा विश्वास गरेथे, र यो उनको निम्ति धार्मिकता गनिएको थियो।” यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्। परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्” भन्ने सुसमाचार अघिबाटै सुनायो।
गलाती 3:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी नै, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।” अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्। धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”
गलाती 3:6-8 पवित्र बाइबल (NERV)
अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।” यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”
गलाती 3:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहामले त परमेश्वरमा विश्वास गरे अनि परमेश्वरले उनलाई ठीक ठहराउनुभयो। त्यसो हुँदा विश्वास गर्नेहरू नै अब्राहामका साँचो सन्तान हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। अघि नै धर्मशास्त्रमा अरू जातिका मानिसहरू पनि विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिन्छन् भन्ने लेखिएको थियो। त्यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्वीमा हुने सबै जातिका मानिसलाई परमेश्वरको आशिष् मिल्नेछ।”