गलाती 3:2-4
गलाती 3:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यति मात्र म तिमीहरूलाई सोध्न चाहन्छु, तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्वास गरेर? के तिमीहरू यति मूर्ख छौ, कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ? के यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ त?— यदि यो साँच्चै व्यर्थमा भयो भनेता।
गलाती 3:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूबाट म यति मात्र जान्न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्वास गरेर परमेश्वरको आत्मा पाएका हौ? के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ? यदि साँच्चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ?
गलाती 3:2-4 पवित्र बाइबल (NERV)
मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्।
गलाती 3:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूबाट एउटा कुरो बुझ्न चाहन्छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्वरको आत्मा पाएका हौ? कि सुसमाचार सुनेर विश्वास गर्दा पाएका हौ? तिमीहरू किन यति अबुझ भएका? तिमीहरू परमेश्वरको आत्माबाट सुरु भयौ, अब आफ्नै शारीरिक स्वभावमा टुङ्गिन चाहन्छौ। के तिमीहरूले व्यर्थैमा धेरै दु:ख भोग्यौ त? होइन।