गलाती 3:13-14
गलाती 3:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं।
गलाती 3:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।” उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्वासद्वारा नै हामी परमेश्वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
गलाती 3:13-14 पवित्र बाइबल (NERV)
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।” परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।
गलाती 3:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टले हाम्रा लागि सराप बोक्नुभयो अनि व्यवस्थाको सरापबाट हामीलाई छुटकारा दिनुभएको छ। धर्मशास्त्रले भन्दछ, “रूखमा झुन्ड्याइनेले सराप पाएको हुन्छ।” यसैले ख्रीष्टबाट अब्राहामको आशिष् अरू जातिका मानिसलाई मिल्दछ अनि विश्वासद्वारा परमेश्वरले प्रतिज्ञा गरेको आत्मा हामी पाउन सक्छौं।