गलाती 1:6-9

गलाती 1:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ। वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌। हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌। हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌।

शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्

गलाती 1:6-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म तिमीहरूदेखि छक्‍क परेको छु; किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ। वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्। तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्! हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!

शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्

गलाती 1:6-9 पवित्र बाइबल (NERV)

केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।

शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्