एज्रा 9:9
एज्रा 9:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी कमारा थियौं तर हामीलाई तपाईंले त्यस अवस्थामा छोडिराख्नुभएन। तपाईंले फारसका राजाहरूलाई हामीमाथि कृपा-दृष्टि राख्न दिनुभएको र हामीलाई बाँच्न र भत्केको मन्दिर बनाउने अनि यहाँ यहूदा र यरूशलेममा सुरक्षा पाउने अनुमति दिन लाउनुभयो।
एज्रा 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी दासहरू भए तापनि हाम्रो दासत्वको बन्धनमा हाम्रा परमेश्वरले हामीलाई त्याग्नुभएको छैन। उहाँले फारसका राजाहरूका सामु हामीमाथि आफ्नो कृपा देखाउनुभएको छ। हामीले हाम्रा परमेश्वरको भवन पुन: मरम्मत गर्न र त्यसका भत्केका भागलाई पुनर्निर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ, र यहूदा र यरूशलेममा रक्षाको निम्ति उहाँले एउटा पर्खाल दिनुभएको छ।
एज्रा 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ।
एज्रा 9:9 पवित्र बाइबल (NERV)
किनभने हामी दासहरू हौं तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नयाँ जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।