एज्रा 9:15 - Compare All Versions
एज्रा 9:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्नो दोषमा तपाईंको सामु उपस्थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्येको कोही पनि तपाईंको सामु टिक्न सक्दैनौं।”
एज्रा 9:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”
एज्रा 9:15 NERV (पवित्र बाइबल)
“हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौं। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौं।”
एज्रा 9:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं न्यायी हुनुहुन्छ र तपाईंले हामीलाई बाँचिरहन दिनुभयो। हामी तपाईंसँग आफ्ना पाप मानिलिन्छौं। तपाईंको सामुन्ने आउने हाम्रो केही अधिकार छैन।”