एज्रा 8:22-23
एज्रा 8:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्न मलाई शर्म लाग्यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्वरलाई बिन्ती चढ़ायौं, र उहाँले हाम्रो बिन्ती सुन्नुभयो।
एज्रा 8:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।” यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
एज्रा 8:22-23 पवित्र बाइबल (NERV)
किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासँग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौं, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।” यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौं अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनु भयो।
एज्रा 8:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्ति महाराजालाई घोडचढी सैनिक माग्न मलाई लाज लाग्यो किनभने मैले उनलाई हाम्रा परमेश्वरले उहाँमाथि भरोसा राख्ने सबैलाई आशिष् दिनुहुन्छ र उहाँलाई त्याग्नेहरूसित असन्तुष्ट भई दण्ड दिनुहुन्छ भनेको थिएँ। यसैकारण हामीहरू उपवास बस्यौं र हाम्रो रक्षाको लागि परमेश्वरलाई प्रार्थना गर्यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो।