एज्रा 3:11
एज्रा 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए, उहाँ असल हुनुहुन्छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे।
एज्रा 3:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे: “उहाँ भलो हुनुहुन्छ; इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो।
एज्रा 3:11 पवित्र बाइबल (NERV)
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे: “किनभने, उहाँ भलो हुनुहुन्छ। किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।” अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो।
एज्रा 3:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले परमप्रभुको स्तुति गर्दै भजन गाए र यो पंक्ति दोहोर्याई गाए: “परमप्रभु भलो हुनुहुन्छ र इस्राएलमाथि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” सबै जनाले पूरा जोडसित स्वर उठाएर जयध्वनिका साथ परमप्रभुको प्रशंसा गरे किनभने मन्दिरको जग बसाल्ने काम सुरु भएको थियो।