इजकिएल 9:1-3

इजकिएल 9:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले ठूलो सोरमा कराउनुभएको मैले सुनें, “सहरका गारदहरूलाई हरेकको हातमा आफ्‍नो हतियारसमेत ल्‍याओ।” तब छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए। अब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो

शेयर गर्नुहोस्
इजकिएल 9 पढ्नुहोस्

इजकिएल 9:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मैले परमेश्‍वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।” तब मैले छ जना मानिसहरूलाई माथिल्‍लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए। तब इस्राएलका परमेश्‍वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो

शेयर गर्नुहोस्
इजकिएल 9 पढ्नुहोस्

इजकिएल 9:1-3 पवित्र बाइबल (NERV)

तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो। तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैंलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए। तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो सङ्घारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।

शेयर गर्नुहोस्
इजकिएल 9 पढ्नुहोस्

इजकिएल 9:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि परमेश्‍वरले ठूलो सोरले यसो भन्‍नुभएको सुनें, “सहरमाथि दण्‍ड ल्‍याउने तिमीहरू आ-आफ्‍ना हातहतियार लिएर यहाँ आओ।” मन्‍दिरको उत्तरपट्टिको बाहिरी मूल-ढोकातिरबाट छ जना मानिसहरू हातमा एक-एक वटा हतियार लिएर झट्टै त्‍यहाँ आए। मिहिन सुतीको पोशाक लाउने एक जना मानिस लेख्‍ने सामान लिएर तिनीहरूसित आए। तिनीहरू सबै जना आएर काँसाको वेदीनिर उभिए। तब इस्राएलका परमेश्‍वरको महिमा, जोचाहिँ पखेटा भएका जीवित प्राणीहरूको मास्‍तिर थियो, त्‍यहाँबाट माथि उठ्यो र मन्‍दिरको प्रवेश-द्वारमा सर्‍यो। परमप्रभुले लेख्‍ने सामान बोकेको मिहिन सुतीको पोशाक लाउने मानिसलाई बोलाएर भन्‍नुभयो

शेयर गर्नुहोस्
इजकिएल 9 पढ्नुहोस्