इजकिएल 8:11-12
इजकिएल 8:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूका सामुन्ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्नो धुपौरो थियो, र धूपको सुगन्धित धूवाँ मास्तिर उठिरहेको थियो। तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्यारोमा आ-आफ्नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्? तिनीहरू भन्छन्, ‘परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले यस देशलाई त्याग्नुभएको छ’।”
इजकिएल 8:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो। उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।”
इजकिएल 8:11-12 पवित्र बाइबल (NERV)
तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उड्दै थियो। तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’”
इजकिएल 8:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शापानका छोरा याजन्याहसमेत जम्मा सत्तरी जना इस्राएली अगुवाहरू ती चित्रहरूको सामुन्ने उभिरहेका थिए। प्रत्येकले एक-एक वटा धूपदान हातमा लिएका थिए र धूपदानबाट धूपको धुवाँ माथितिर उठिरहेको थियो। परमेश्वरले मलाई सोध्नुभयो, “ए मरणशील मानिस, मूर्तिहरूले भरिएको पूजास्थल अघि इस्राएली अगुवाहरूले गुप्तमा के गरिरहेका छन्, त्यो देख्दै छस्? तिनीहरूको यस्तो भनाइ छ, ‘परमप्रभुले हामीहरूलाई देख्नुहुन्न, उहाँले यस देशलाई त्याग्नुभएको छ’।”