इजकिएल 7:27
इजकिएल 7:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाले शोक गर्नेछ। राजकुमार निराशमा डुब्नेछ। देशका मानिसहरूका हात त्रासले काँप्नेछन्। तिनीहरूको व्यवहारअनुसार नै म तिनीहरूसित व्यवहार गर्नेछु। तिनीहरूले गरेकै न्यायअनुसार म तिनीहरूको न्याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
इजकिएल 7:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजाले शोक गर्नेछन्, राजकुमारलाई निराशाले ढाक्नेछ, र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। “ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।’ ”
इजकिएल 7:27 पवित्र बाइबल (NERV)
तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”
इजकिएल 7:27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले शोक गर्नेछन्, राजकुमार निराश हुनेछन् र मानिसहरू डरले लगलग काम्नेछन्। तिमीहरूले जे कामहरू गरेका छौ, तिनैको लागि म तिमीहरूलाई दण्ड दिनेछु। जस्तो किसिमले तिमीहरूले अरूको न्याय गरेका छौ, त्यस्तै किसिमले म पनि तिमीहरूको न्याय गर्नेछु। म नै परमप्रभु हुँ भनी यी नै कुराले तिमीहरूलाई देखाउनेछु।”