इजकिएल 44:1-2
इजकिएल 44:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ती मानिसले मलाई फेरि पूर्वपट्टि फर्केको पवित्रस्थानको बाहिरी मूल ढोकामा ल्याए, र त्यो बन्द थियो। परमप्रभुले मलाई भन्नुभयो, “यो ढोका बन्दै रहनुपर्छ। त्यो खोल्नुहुँदैन। त्यसबाट कोही पनि पस्न पाउनेछैन। त्यो बन्द रहनुपर्छ, किनभने परमप्रभु इस्राएलका परमेश्वर त्यसबाट प्रवेश गर्नुभएको छ।
इजकिएल 44:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो। याहवेहले मलाई भन्नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
इजकिएल 44:1-2 पवित्र बाइबल (NERV)
त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौं अनि बाहिरी मूल-ढोका बन्द थियो। परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ।
इजकिएल 44:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती मानिसले मलाई मन्दिरको पूर्वपट्टिको बाहिरी मूल-ढोकामा लगे। मूल-ढोका बन्द थियो। परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द रहनेछ, त्यो कहिल्यै खोलिनेछैन। कुनै मानिसले त्यो चलाउन पाउनेछैन किनभने म परमप्रभु इस्राएलका परमेश्वर त्यताबाट प्रवेश गरेको छु। त्यो बन्द रहनेछ।