इजकिएल 43:16-19

इजकिएल 43:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अगेनोचाहिँ बाह्र हात लामो र बाह्र हात चौड़ा भएको ठीक वर्गाकार हो। वेदीको माथिल्‍लो बिट पनि वर्गाकार हो, चौध हात लामो र चौध हात चौड़ा। बिट एक हात बाक्‍लो छ, र त्‍यसका चारैतिर आधा हात गहिरो नाल छ। वेदीका खुट्‌किलाहरू पूर्वतिर फर्केका छन्‌।” तब तिनले मलाई भने, “हे मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: वेदी बनाइसकेपछि होमबलि चढ़ाउन र वेदीमा रगत छर्कनलाई विधिहरू यी नै हुन्‌: तिमीहरूले पूजाहारीहरूलाई पापबलिको निम्‍ति एउटा बाछो खटाइदिनुपर्छ, जुन पूजाहारीहरू सादोकको परिवारका लेवी हुन्, जो मेरो सेवा गर्न मेरो नजिक आउँछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
इजकिएल 43 पढ्नुहोस्

इजकिएल 43:16-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो र बाह्र क्यूबिट चौडा होस्। माथिल्‍लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।” त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्: तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

शेयर गर्नुहोस्
इजकिएल 43 पढ्नुहोस्

इजकिएल 43:16-19 पवित्र बाइबल (NERV)

वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौंडाको थियो। यो पुरै वर्गाकार थियो। किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौंडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।” त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन्। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ। त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।’” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

शेयर गर्नुहोस्
इजकिएल 43 पढ्नुहोस्

इजकिएल 43:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

वेदीको अगेनु छ-छ मिटर भएको वर्गाकार थियो। वेदीको आधार पनि वर्गाकार नै थियो र त्‍यसका लमाइ र चौडाइ सात-सात मिटर थिए अनि त्‍यसका बाहिरी किनारामा एक चौथाइ मिटर अग्‍लो बिट लगाइएको थियो र (त्‍यसले गर्दा चारैपट्टि आधा मिटर चौडाइ भएको नाली बनेको थियो) वेदीसम्‍म उक्‍लिजाने भर्‍याङ पूर्वपट्टि थियो। सार्वभौम परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, म के भन्‍दै छु, सुन्। वेदी बनिसकेपछि त्‍यसमा होमबलि चढाउने र बलि गरिएको पशुहरूको रगत त्‍यसमाथि छर्किने नियम यस्‍तो छ: लेवी कुलका सादोकको वंशबाट आएका पूजाहारीहरू मात्र मेरो सेवाकार्य गर्नलाई मेरो उपस्‍थितिमा आउनेछन्। म सार्वभौम परमप्रभुको यो आज्ञा हो। पाप-बलि चढाउन एउटा साँढे तिनीहरूलाई दिनू।

शेयर गर्नुहोस्
इजकिएल 43 पढ्नुहोस्