इजकिएल 37:11-14

इजकिएल 37:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्‍मै इस्राएलको घराना हो। तिनीहरू भन्‍छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्‍यागियौ’। यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्‍नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्‍याउनेछु। तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्‍याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ। म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्‍नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा बसाल्‍नेछु। तब तिमीहरूले यो जान्‍नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्‍नुहुन्‍छ’।”

शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्

इजकिएल 37:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरू इस्राएलका मानिसहरू हुन्। तिनीहरू भन्छन्, ‘हेर, हाम्रा हड्डीहरू सुकिसकेका छन्, र हाम्रा सबै आशाहरू हराइसकेका छन्; हामी अलग भएका छौँ।’ यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे मेरा मानिसहरू हो, मैले तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएल देशमै फेरि ल्याउनेछु। जब म तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु, तब हे मेरा मानिसहरू हो, तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा बसोबास गराउनेछु, तब तिमीहरूले म याहवेहले नै भनेको हुँ भनी जान्‍नेछौ; अनि मैले नै यो गरेको हुँ, याहवेह घोषणा गर्नुहुन्छ।’ ”

शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्

इजकिएल 37:11-14 पवित्र बाइबल (NERV)

त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन्। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।

शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्

इजकिएल 37:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरू यी हाडहरूजस्‍ता छन्, तिनीहरू भन्‍छन्: ‘हामी सुकिसक्‍यौं, हामीलाई केही आशा छैन, हाम्रो भविष्‍य छैन।’ यसकारण मेरा प्रजा इस्राएललाई अगमवाणी गरेर भन् कि म सार्वभौम परमप्रभुले तिनीहरूका चिहानहरू खोलिदिनेछु र तिनीहरूलाई त्‍यहाँबाट निकालेर इस्राएल देशमा नै ल्‍याउनेछु। जब मेरा प्रजाहरू गाडिएका चिहानहरूबाट तिनीहरूलाई निकाल्‍नेछु, तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्। मेरो सास तिनीहरूमा फुकेर जीवित बनाउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा बसोबास गर्न दिनेछु। तब तिनीहरूले जान्‍नेछन् कि म परमप्रभु नै बोलेको छु। मैले गर्छु भनी दिएको वचन पूरा गरेको छु।”

शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्