इजकिएल 34:23-24
इजकिएल 34:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिनीहरूलाई मेरो सेवक दाऊदजस्तो राजा दिनेछु अनि त्यो तिनीहरूको एउटै गोठालो हुनेछ र त्यसले तिनीहरूको हेरचाह गर्नेछ। म परमप्रभु तिनीहरूका परमेश्वर हुनेछु र मेरो सेवक दाऊदजस्तो राजा तिनीहरूको शासक हुनेछ। यो मैले भनेको हुँ।
इजकिएल 34:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु। त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ। म परमप्रभु, तिमीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ। म परमप्रभुले यो भनेको हुँ।
इजकिएल 34:23-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ। म याहवेह त्यसको परमेश्वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ।
इजकिएल 34:23-24 पवित्र बाइबल (NERV)
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।