इजकिएल 34:12
इजकिएल 34:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।
इजकिएल 34:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
इजकिएल 34:12 पवित्र बाइबल (NERV)
यदि कुनै गोठाला आफ्नो भेंडा़सँग त्यस समयमा छ, जब उसको भेंडा़ टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म आफ्नो भेंडा़लाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
इजकिएल 34:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जसरी गोठालोले आफ्ना छरपष्ट भएका भेडाहरूलाई एकसाथ बटुलेर जतन गर्दछ, त्यसरी नै म मेरा भेडाहरूको जतन गर्नेछु। तिनीहरू अन्धकार र विपत्तिको दिनमा छरपस्ट भई जुन-जुन ठाउँमा गएका थिए, म तिनीहरूलाई ती ठाउँबाट फर्काई ल्याउनेछु।