इजकिएल 3:7-9 - Compare All Versions
इजकिएल 3:7-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलका घरानाले त तेरो कुरा सुन्न चाहँदैनन्, किनभने मेरो कुरा सुन्न तिनीहरू इच्छा गर्दैनन्, किनकि इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्। तर म तिनीहरूजस्तै तँलाई जिद्दीवाल र हठी तुल्याउनेछु। म तेरो निधार चकमकभन्दा कड़ा पत्थरतुल्य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”
इजकिएल 3:7-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका मानिसहरू कोही पनि सुन्न राजी हुनेछैनन्, तिनीहरू त मेरा कुरा पनि सुन्दैनन्। सारा जाति नै हठी र ढीट भएका छन्। म तँलाई तिनीहरूजस्तै हठी र जिद्दीवाल बनाउनेछु, म तँलाई चट्टानजस्तो अटल र हीराजस्तो कडा बनाउनेछु। ती बागीहरूसित तँ नडरा।”
इजकिएल 3:7-9 NERV (पवित्र बाइबल)
अँहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। तर म तिमीलाई त्यति नै हठ्ठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठ्ठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैँ मेरो विरूद्धमा गएका छन्।”
इजकिएल 3:7-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्। तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु। म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”