इजकिएल 14:1-8 - Compare All Versions

इजकिएल 14:1-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

इस्राएलका कति जना धर्म-गुरुहरू मकहाँ आएर मेरो सामुन्‍ने बसे। तब परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, यी मानिसहरूले मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राखेका छन्‌। के तिनीहरूलाई मेरो विषयमा सोध्‍न मैले दिनुपर्छ र? यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍दछ, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि अगमवक्ताकहाँ जान्‍छ, तब त्‍यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु। तिनीहरूका मूर्तिहरूको कारण मलाई त्‍याग्‍ने इस्राएलको घरानाका हृदयलाई म फेरि फसाउनलाई यसो गर्नेछु’। “यसकारण इस्राएलको घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: पश्‍चात्ताप गर! आफ्‍ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्‍ना सबै घिनलाग्‍दा व्‍यवहारहरू परित्‍याग गर! “‘जब इस्राएलका घरानाको कोही पनि अथवा इस्राएलमा प्रवास गर्ने कुनै पनि प्रवासी मबाट अलग्‍गै गएर आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि मबाट जवाफ सोध्‍नलाई कुनै अगमवक्ताकहाँ जान्‍छ, तब म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु। म त्‍यस मानिसदेखि मुख फर्काउनेछु, र म त्‍यसलाई एउटा नमूना र गिल्‍लाको पात्र तुल्‍याउनेछु। त्‍यसलाई मेरो प्रजाको बीचदेखि बहिष्‍कार गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।

शेयर गर्नुहोस्
इजकिएल 14 NNRV

इजकिएल 14:1-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे। तब याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्‍कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र? यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु। इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’ “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ! “ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु। म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्‍लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।

शेयर गर्नुहोस्
इजकिएल 14 NCV

इजकिएल 14:1-8 NERV (पवित्र बाइबल)

इस्राएलका केही बुढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे। परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, “हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लिउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अँहँ! तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफैं दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु। किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’ “यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाह माग्नको निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु। म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।

शेयर गर्नुहोस्
इजकिएल 14 NERV

इजकिएल 14:1-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

इस्राएलीहरूका केही अगुवाहरू परमप्रभुको इच्‍छाबारे सोधपुछ गर्न मेरो सामुन्‍ने आएर बसे। तब परमप्रभु मसँग बोल्‍नुभयो, “ए मरणशील मानिस, यी मानिसहरूले आफ्‍ना हृदय मूर्तिहरूलाई दिएका छन् र पापमा फसाउने कुराहरू आफ्‍ना सामुन्‍ने राखेका छन्। के म जवाफ दिनेछु भनी तिनीहरू ठान्‍दछन्? “अब तिनीहरूसित कुरा गर्‌ र म सार्वभौम परमप्रभुले तिनीहरूलाई के भन्‍दछु, त्‍यो सुनाइदे। आफ्‍नो हृदय मूर्तिहरूलाई दिने र तीबाट पापमा फस्‍ने र त्‍यसपछि अगमवक्तासित सोधपुछ गर्न आउने हरेक इस्राएलीले मबाट जवाफ पाउनेछ। त्‍यो जवाफचाहिँ मूर्तिपूजा गरेअनुसार हुनेछ! ती सबै मूर्तिहरूको कारणले इस्राएलीहरू मबाट टाढा भएका छन्। तर मेरो जवाफद्वारा म तिनीहरूको भक्ति मतिर फर्काउनेछु। “त अब म सार्वभौम परमप्रभुले इस्राएलीहरूलाई के भन्‍दछु, त्‍यो तिनीहरूलाई सुना, ‘तिमीहरूका घिनलाग्‍दा मूर्तिहरू त्‍याग र फर्केर आओ।’ “जहिले-जहिले कुनै एउटा इस्राएली वा इस्राएलीहरूका बीचमा बास गर्ने एउटा परदेशीले मबाट तर्केर मूर्तिपूजा गर्छ र त्‍यसपछि सोध-पुछ गर्न कुनै अगमवक्ताकहाँ जान्‍छ, म परमप्रभुले नै त्‍यसलाई जवाफ दिनेछु। म त्‍यसको विरोध गर्नेछु र त्‍यसलाई एउटा नमुना बनाउनेछु। म त्‍यसलाई मेरा प्रजाका बीचबाट हटाउनेछु र परमप्रभु म नै हुँ भनी तिमीहरू जान्‍नेछौ।

शेयर गर्नुहोस्
इजकिएल 14 सरल नेपाली