इजकिएल 12:1-28 - Compare All Versions

इजकिएल 12:1-28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्‍दैछस्, जसका हेर्ने आँखा त छन्‌ तर देख्‍दैनन्, जसका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌। किनभने तिनीहरू बागी मानिसहरू हुन्‌।” “यसकारण हे मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैँ तेरो झिटीमिटी पोको पार्, र दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने तँ बसेको ठाउँबाट अर्को ठाउँमा गइहाल्‌। तिनीहरू बागी घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌। निर्वासनको लागि तेरो झिटीमिटी लिएर दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने तेरो झिटीमिटी बाँध्‌, र तिनीहरूका आँखाकै सामुन्‍ने बेलुकी निर्वासनमा जानेजस्‍तै गरी जा। तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र तेरो झिटीमिटी त्‍यतैबाट निकाल्‌। तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा, र साँझ पर्दा बोकेर लैजा। तैंले आफ्‍नो मुख छोप्‌, र यसरी भूइँ देख्‍न नपाएस्‌। किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍ह बनाएको छु। यसैले मलाई आज्ञा गरेबमोजिम मैले गरें। निर्वासनको लागि मैले मेरो झिटीमिटी दिउँसो बाहिर पोको पारेर निकालें। अनि बेलुका आफ्‍नै हातले पर्खालमा प्‍वाल पारें, र साँझमा तिनीहरूले हेर्दाहेर्दै मैले मेरो झिटीमिटी काँधमा बोकेर गइहालें। बिहान परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, के इस्राएलको त्‍यो बागी घरानाले यसो भनेर तँलाई सोधेन, ‘तिमी के गर्दैछौ?’ तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ। “यो ईश्‍वरवाणी यरूशलेममा भएका राजकुमार र सारा इस्राएलका घरानाको विषयमा हो’। तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुँ’। “मैले जसो गरेको छु, त्‍यसरी नै तिनीहरूलाई गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्‍तै निर्वासित हुनेछन्‌। “तिनीहरूका बीचमा हुने राजकुमारले साँझमा आफ्‍नो काँधमा सामान बोकेर लैजानेछ, र पर्खाल फोरेर बाहिर जानलाई त्‍यसको निम्‍ति एउटा प्‍वाल बनाउनेछ, र आफ्‍नो आँखाले भूइँ देख्‍नु नपरोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ। म आफ्‍नो जाल त्‍यसमाथि फिँजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ। म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा ल्‍याउनेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन, र त्‍यो त्‍यहीँ मर्नेछ। त्‍यसका चारैतिर हुने त्‍यसका कर्मचारीहरू र त्‍यसका फौजलाई म हावामा तितरबितर पार्नेछु, र तरवार थुतेर तिनीहरूलाई खेद्‌नेछु। “जब जाति-जातिहरूका बीचमा म तिनीहरूलाई यत्रतत्र पार्नेछु र देश-देशमा तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌। तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढ़ीबाट छोड़िदिनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जाति-जातिहरूका बीचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरू तिनीहरूले स्‍वीकार गरून्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।” फेरि परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, तैंले आफ्‍नो भोजन खाँदा काम्‌, र आफ्‍नो पानी पिउँदा डरले थरथरा। देशका मानिसहरूलाई भन्‌: ‘यरूशलेम र इस्राएलको देशमा बस्‍नेहरूका बारे परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूले आफ्‍नो भोजन डर मानेर खानेछन्, र नैराश्‍यमा तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका उपद्रवको कारणले त्‍यसमा भएका सबै कुराहरूसमेत तिनीहरूको देश उजाड़ पारिनेछ। मानिसहरू बसेका नगरहरू भत्‍काइनेछन्, र देश नष्‍ट हुनेछ। तब म नै परमप्रभु हुँ भन्‍ने तिमीहरूले जान्‍नेछौ’।” फेरि परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, ‘दिन बित्‍दैजान्‍छ, र पनि दर्शन भने कुनै पूरा हुँदैन’ भन्‍ने तिमीहरूको देश इस्राएलमा चल्‍दैआएको यो उखान के हो? यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यस उखानको अन्‍त गरिदिनेछु, र तिनीहरूले इस्राएलमा फेरि कहिल्‍यै यो उखान प्रयोग गर्नेछैनन्‌।’ तिनीहरूलाई भन्, ‘दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ। किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शन र जोखना हेर्ने हुनेछैनन्‌। तर मैले भन्‍ने कुरा म, परमप्रभु आफैले नै भन्‍नेछु, र त्‍यो ढिलो नभई पूरा हुनेछ। किनकि हे बागी घराना, तिमीहरूका दिनमा नै मैले भनेको कुरा म पूरा गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।” तब परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, इस्राएलका घराना यसो भन्‍दैछ, ‘त्‍यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्‍यसले धेरै समयपछिका कुराहरूको अगमवचन कहन्‍छ।” “यसैकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्‍दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
इजकिएल 12 NNRV

इजकिएल 12:1-28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, तँ विद्रोही मानिसहरूका बीचमा बस्‍दैछस्। तिनीहरूका आँखा छन् तर देख्‍दैनन्। तिनीहरूका कान छन् तर सुन्‍दैनन् किनभने तिनीहरू विद्रोही छन्। “अब, ए मरणशील मानिस, एउटा देशनिकाला भएको मानिसले झैँ एउटा पोको तयार पार्‌ र रात पर्नुअघि यहाँबाट निस्‍कि जा। तँ निस्‍केर अर्को ठाउँतिर गएको सबैले देखून्। हुन सक्‍छ, ती विद्रोहीहरूले यसबाट केही बुझ्‍नेछन्। देशबाट बाहिर जानलाई आफ्‍नो पोको तैँले रात पर्नुअघि नै तयार पार्‌। त्‍यो पोको तयार पारेको र बेलुका तँ कैदमा जान निस्‍केको जस्‍तै तिनीहरूले देखून्। तिनीहरूले हेरिरहेका बेलामा तैँले आफ्‍नो घरको भित्तामा एउटा प्‍वाल बना र पोको बोकेर त्‍यसैबाट निस्‍केर जा। तिनीहरूका आँखाको सामुन्‍ने तैँले त्‍यो पोको काँधमा बोकेर केही पनि नदेख्‍ने गरी आँखा छोप्‍दै अँध्‍यारोमा निस्‍केर जा। तैँले त्‍यसो गरेको इस्राएलीहरूको निम्‍ति एउटा चेतावनी हुनेछ।” परमप्रभुले भन्‍नुभएअनुसार मैले गरें। त्‍यस दिन देशनिकाला भएको मानिसले झैँ मैले एउटा पोको बनाएँ र बेलुका अँध्‍यारो हुँदैगरेको बेलामा हातले भित्तामा एउटा प्‍वाल बनाएँ र बाहिर निस्‍कें। सबैले हेरिरहेका बेला मैले त्‍यो पोको काँधमा बोकें र हिंडें। भोलिपल्‍ट बिहान परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, ती विद्रोही इस्राएलीहरूले के गरेको भनी तँलाई सोध्‍दै छन्। म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूलाई बता। यो अगमवाणी यरूशलेमका शासक र सबै बासिन्‍दाहरूको निम्‍ति हो। तिनीहरूलाई भन् कि तैँले जे गरिस्, त्‍यो अब हुन आउने कुराको एउटा चिनो हो अर्थात् तिनीहरू देशनिकाला भएर कैदी हुनेछन्। इस्राएलका शासकले अँध्‍यारोमा आफ्‍नो भारी आफैं बोक्‍नेछ र तिनीहरूले खनेको पर्खालको प्‍वालबाट भागेर जानेछ। त्‍यसले आफ्‍नो आँखा छोप्‍नेछ र कहाँ जाँदै छ, त्‍यो देख्‍न सक्‍दैन। तर म मेरो जाल फैलाउनेछु र त्‍यसलाई मेरो पासोमा पार्नेछु। त्‍यसपछि म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनमा लैजानेछु र त्‍यसले त्‍यो देश देख्‍न नपाईकन मर्नेछ। त्‍यसका सल्‍लाहकारहरू, अङ्गरक्षकहरू र राजमहलका सबै भारदारहरूलाई चारै दिशामा छरपस्‍ट पारिदिनेछु र म तिनीहरूलाई तरवार लिएर खेद्‌नेछु। “जब म तिनीहरूलाई परदेशमा अन्‍यजातिहरूका माझमा छरपस्‍ट पार्नेछु, तब तिनीहरूले जान्‍नेछन् कि म नै परमप्रभु हुँ। तिनीहरूमध्‍येबाट थोरैलाई चाहिँ म लडाइँ, अनिकाल र रुढीबाट बचाउनेछु। अनि तिनीहरूले अन्‍यजातिहरूका माझमा आफूले गरेका कामहरू कति घिनलाग्‍दा रहेछन् भनी स्‍वीकार गर्नेछन् र म नै परमप्रभु हुँ भनी थाहा गर्नेछन्।” परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, खाँदाखेरि तँ काम्‍नू, पिउँदा डरले थरथर हुनू। सम्‍पूर्ण जातिलाई बताइदिनू कि सार्वभौम परमप्रभुको यो सन्‍देश अझसम्‍म यरूशलेममा नै बसिरहने मानिसहरूको निम्‍ति हो। खाँदाखेरि तिनीहरू काम्‍नेछन् र पिउँदा डरले थरथर हुनेछन्। तिनीहरूको देश नाङ्गो पारिनेछ किनभने त्‍यहाँ बस्‍ने हरेकले हिंसा गरेको छ। मानिसहरूले भरिभराउ भएका नगरहरू ध्‍वस्‍त पारिनेछन् र देश उजाड बन्‍नेछ अनि तिनीहरूले जान्‍नेछन् कि म नै परमप्रभु हुँ।” परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, ‘समय बितेर जान्‍छ र अगमवाणी टरेर जान्‍छ’ भनेर इस्राएलका मानिसहरूले किन घरीघरी उखान दोहोर्‍याउँछन्?’ त्‍यसबारे म सार्वभौम परमप्रभुले के भन्‍दछु, त्‍यो तिनीहरूलाई सुनाइदे। म त्‍यस उखानको अन्‍त गर्नेछु। इस्राएलमा त्‍यो उखान फेरि कहिल्‍यै चलाइनेछैन। तिनीहरूलाई यसो भन्, ‘समय आइपुगेको छ, सबै अगमवाणीहरू पूरा हुनेछन्!” “अब फेरि इस्राएलीहरूका बीचमा झूटा दर्शनहरू र धोका दिने अगमवाणीहरू हुनेछैनन्। म, सार्वभौम परमप्रभु तिनीहरूसित बोल्‍नेछु र म जे भन्‍छु, त्‍यो पूरा हुनेछ। अब ढीलो हुनेछैन। ए विद्रोहीहरू हो, मैले जे चेतावनी दिएको छु, त्‍यो तिमीहरूकै जीवनकालमा पूरा गर्नेछु,” परमप्रभु यसरी भन्‍नुहुन्‍छ। परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलीहरू सोच्‍दछन् कि तेरा दर्शनहरू र अगमवाणीहरू धेरै दिनपछि मात्र पूरा हुनेछन्। यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु यसो भन्‍दै छु भनी सुना, अब ढीलो हुँदैन। मैले जे भनेको छु, त्‍यो पूरा हुनेछ। म सार्वभौम परमप्रभुले यो कुरा भनेको छु!”

शेयर गर्नुहोस्
इजकिएल 12 सरल नेपाली

इजकिएल 12:1-28 NERV (पवित्र बाइबल)

त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैँ मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किनकि ती विद्रोहीहरू हुन्। यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो व्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिनीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्। “दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै होउन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ। मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ। राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।” यसैकारण उहाँले आज्ञा गरे अनुसार गरें। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको प्रयोग गरें अनि भित्तामा प्वाल बनाएँ। राती मैले आफ्नो समान काँधमा राखें अनि गएँ। मैले यो सब यसप्रकारले गरें कि सबैले मलाई देखोस्। भोलि पल्ट बिहान मैले परमप्रभुको वचन प्राप्त गरें। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, के इस्राएलका ती विद्रोहीहरूले तिमीलाई सोधे तिमीले के गर्दैछौ भनेर? तिनीहरूलाई भन कि परमप्रभु तिनीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दु:खको संन्देश यरूशलेमका बूढा-प्रधानहरू अनि यरूशलेममा बस्ने इस्राएलका सबै मनिसहरूको विषयमा हो। तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्। तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि ऊ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन। उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन त्यो त्यहाँ मर्नेछ। म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ। त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारें। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरू देशहरूमा जान बाध्य पारें। “तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।” तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो, “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ। तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ। तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि म नै परमप्रभु हुँ।’” तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन: ‘विपत्ति चाँढै आउँदैन, दर्शन कहिल्यै हुँदैन।’ “ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढ़न बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्: ‘विपत्ति चाढै आउँछ, दर्शन पूरा हुनेछ।’ “यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँच्चो हुँदैन। किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घट्ना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाँडै आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेर नै छाड्छु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो। तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झन्छन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै बर्ष पछि घट्नेछ। यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाड्नेछ।’” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

शेयर गर्नुहोस्
इजकिएल 12 NERV

इजकिएल 12:1-28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्। “यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्। निर्वासनको निम्ति पोको पारेका तेरा सरसामानहरू तिनीहरूका आँखाकै सामु दिउँसै बाहिर झिक्। अनि तिनीहरूले हेरिरहेकै बेला तँ बेलुका कैदमा परेर जानेहरूजस्तो निस्केर जानू। तिनीहरूले हेरिरहेकै बेला भित्ता फोरेर तेरा सरसामानहरू त्यहाँबाट बाहिर निकाल्। तिनीहरूले हेरिरहेकै बेला ती सरसामानहरू तेरो काँधमा राख्, र साँझपख बोकेर लैजा। तैँले आफ्नो अनुहार छोप्, ताकि तैँले भूमि नदेखोस्; किनकि मैले तँलाई इस्राएलीहरूका निम्ति एउटा चिन्ह बनाएको छु।” यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ। बिहान याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, के इस्राएलका ती विद्रोही मानिसहरूले, ‘के गरेको?’ ” भनेर तँलाई सोधेनन् र? “ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ। तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’ “जस्तो मैले गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासनमा जानेछन्। “तिनीहरूमध्ये राजकुमारले साँझमा आफ्ना सामानहरू आफ्नो काँधमा बोकेर निस्कनेछ, र छिर्नलाई भित्तामा प्वाल बनाउनेछ। उसले आफ्नो अनुहार छोप्नेछ, ताकि जमिन नदेखोस्। म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन। म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु। “जब म तिनीहरूलाई जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई देश विदेशतिर तितरबितर पारिदिनेछु, तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्। तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, तैँले आफ्नो भोजन काम्दै खानू, र डरले थरथराउँदै पानी पिऊनू। देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्। आबाद भएका सहरहरू नष्‍ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’? तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्‍नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्। किनकि तब इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शनहरू र बढाइचढाइपूर्ण जोखनाहरू हुनेछैनन्। किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’ “यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”

शेयर गर्नुहोस्
इजकिएल 12 NCV