प्रस्थान 9:3-4
प्रस्थान 9:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात् घोड़ा, गधा, ऊँट, गाईबस्तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्यहाँ भयानक रूढ़ी आउनेछ। तर परमप्रभुले इस्राएलका गाईबस्तु र मिश्रका गाईबस्तुमा भेद राख्नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”
प्रस्थान 9:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको हातले तेरा खेतमा भएका पशुहरू—तेरा घोडाहरू, गधाहरू, ऊँटहरू अनि तेरा गाईबस्तुहरू र भेडाबाख्राहरूमाथि डरलाग्दो महामारी ल्याउनेछ। तर याहवेहले इस्राएलका गाईबस्तुहरू र इजिप्टका गाईबस्तुहरूका बीचमा भिन्नता ल्याउनुहुनेछ; ताकि इस्राएलीहरूका कुनै पनि पशु नमरोस्।’ ”
प्रस्थान 9:3-4 पवित्र बाइबल (NERV)
तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेंडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्। परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।