प्रस्‍थान 6:8-9 - Compare All Versions

प्रस्‍थान 6:8-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि म तिमीहरूलाई त्‍यस देशमा ल्‍याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्‍यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।” तब मोशाले इस्राएलीहरूलाई त्‍यसै भनेर सुनाए, तर कठोर दासत्‍व र नैराश्‍यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 6 NNRV

प्रस्‍थान 6:8-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ” तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 6 NCV

प्रस्‍थान 6:8-9 NERV (पवित्र बाइबल)

मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’” यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 6 NERV

प्रस्‍थान 6:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको थिएँ, त्‍यस देशमा तिमीहरूलाई पुर्‍याउनेछु र त्‍यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो।

शेयर गर्नुहोस्
प्रस्‍थान 6 सरल नेपाली