प्रस्‍थान 3:1-4 - Compare All Versions

प्रस्‍थान 3:1-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्‍थानको पारितिर परमेश्‍वरको पर्वत, अर्थात्‌ होरेबसम्‍मै लगे। त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्‍यलाई हेर्नेछु। त्‍यो पोथ्रा किन भस्‍म हुँदोरहेनछ?” जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।”

शेयर गर्नुहोस्
प्रस्‍थान 3 NNRV

प्रस्‍थान 3:1-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

एक दिन मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्‍याए। त्‍यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्‍वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्‍म भएको थिएन। “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्‍म हुँदैन? म छेउमै गएर हेर्नुपर्‍यो,” उनले मनमा भने। मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।”

शेयर गर्नुहोस्
प्रस्‍थान 3 सरल नेपाली

प्रस्‍थान 3:1-4 NERV (पवित्र बाइबल)

त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?” जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!” मोशाले उत्तर दिए, “म यहाँ छु।”

शेयर गर्नुहोस्
प्रस्‍थान 3 NERV

प्रस्‍थान 3:1-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए। त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन। अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।” जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्‍वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्‍नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।”

शेयर गर्नुहोस्
प्रस्‍थान 3 NCV