प्रस्‍थान 27:1-8

प्रस्‍थान 27:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तैंले बबुल काठको पाँच हात लामो र पाँच हात चौड़ा भएको एउटा वर्गाकार वेदी बनाउनू। त्‍यसको उचाइ तीन हातको होस्‌। त्‍यसका चारै कुनामा एउटा-एउटा सीङ बनाउनू। वेदी र त्‍यसका सीङ त्‍यही एउटै टुक्राले बनाइएका होऊन्‌। वेदीलाई काँसाले मोहोर्नू। त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌। त्‍यसको निम्‍ति काँसाका जालीको एउटा झिँजा बनाउनू, र जालीमाथि त्‍यसका चारै कुनामा काँसाका चार वटा मुन्‍द्रा लगाउनू। तैंले योचाहिँ वेदीको मुन्‍तिर चारैपट्टिको बिटमुनि राख्‍नू, र जाली वेदीको बीचसम्‍म पुगोस्‌। वेदीको निम्‍ति बबुल काठका डन्‍डाहरू बनाउनू। ती काँसाले मोहोर्नू। त्‍यसका डन्‍डाहरू मुन्‍द्रामा हाल्‍नू, र त्‍यो उठाउँदा ती डन्‍डा वेदीका दुवैतिर होऊन्‌। वेदी तैंले फल्‍याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्‍यो बनाइओस्‌।”

शेयर गर्नुहोस्
प्रस्‍थान 27 पढ्नुहोस्

प्रस्‍थान 27:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“तैँले बबुल काठको तीन क्यूबिट अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा भएको वर्गाकार होस्। चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू। त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू। त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू। त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्। वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू। ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्। फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 27 पढ्नुहोस्

प्रस्‍थान 27:1-8 पवित्र बाइबल (NERV)

“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौंडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ। त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ। “वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ। वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ। त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ। “वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर। वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ। वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।

शेयर गर्नुहोस्
प्रस्‍थान 27 पढ्नुहोस्

प्रस्‍थान 27:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“बबुल काठको लम्‍बाइ र चौडाइ बराबर भएको चारपाटे वेदी बनाउनू। त्‍यसको लम्‍बाइ र चौडाइ २ मिटर २० सेन्‍टिमिटर र उचाइ १ मिटर ३० सेन्‍टिमिटर हुनेछ। त्‍यसका चार कुनाका टुप्‍पामा बाहिर सिङजस्‍ता निस्‍केका चोसो राखून्। त्‍यस वेदीसँग एउटै काठको टुक्राले बनेको होस् र जम्‍मै काँसाले मोहोर्नू। बोसोसितको खरानी थाप्‍ने भाँडाहरू र बेल्‍चाहरू, बटुका, अङ्कुसे परेका काँटा र आगोका पात्रहरू काँसाको बनाउनू। काँसाको एउटा जाली बनाउनू र त्‍यसका कुना-कुनामा चार वटा काँसाका बोक्‍ने मुन्‍द्राहरू लगाउनू। जाली वेदीको किनारामुनि राख्‍नू, त्‍यसरी राख्‍दा जाली वेदीको बीचसम्‍म आइपुगोस्। वेदी बोक्‍ने डन्‍डाहरू बबुल काठको बनाउनू र काँसाले मोहोर्नू। वेदी बोक्‍दा त्‍यसका छेउमा लागेका मुन्‍द्राहरूभित्र डन्‍डाहरू छिराउनू। वेदी फल्‍याकले बनाउनू र खोक्रो छोड्‍नू। मैले पर्वतमाथि देखाएको ढाँचाअनुसार त्‍यो बनाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 27 पढ्नुहोस्