प्रस्‍थान 26:31-34

प्रस्‍थान 26:31-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाउनू, र त्‍यसमा सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका होस्‌। सुनले मोहोरिएका बबुल काठका चार वटा खम्‍बामा सुनका अङ्‌कुसेहरूले त्‍यो टाँग्‍नू। ती खम्‍बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्‌। तैंले त्‍यो छेक्‍ने पर्दा अङ्‌कुसेहरूबाट झुण्‍ड्याउनू र त्‍यसको पछाड़ि गवाहीको सन्‍दूक राख्‍नू। त्‍यस पर्दाले तिमीहरूका निम्‍ति पवित्रस्‍थानलाई महा-पवित्रस्‍थानबाट अलग गर्नेछ। महा-पवित्रस्‍थानमा गवाहीको सन्‍दूकमाथि कृपा-आसन राख्‍नू।

शेयर गर्नुहोस्
प्रस्‍थान 26 पढ्नुहोस्

प्रस्‍थान 26:31-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“नीलो, बैजनी र रातो धागोले बुनी जोरेको एउटा मिहिन सुती कपडाको पर्दा बनाउनू। त्‍यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भर्नू। बबुल काठले बनेका सुनले मोहोरिएका अङ्कुसेहरू लागेका र चाँदीका चारवटा आसनहरूमा खडा राखिएका चारवटा खम्‍बाहरूमा त्‍यो पर्दा झुन्‍ड्याउनू। पालका धुरीमा लगाएका अङ्कुसेहरूमुनि पर्दा टाँग्‍नू र पर्दाका पछिल्‍तिर ढुङ्गाका दुईवटा पाटीहरू राखेका करारको सन्‍दुक राख्‍नू। पर्दाले पालका पवित्रस्‍थानलाई महा-पवित्रस्‍थानबाट अलग गरिराख्‍नेछ। करारको सन्‍दुकमाथि प्रायश्‍चितको ढकना लगाउनू।

शेयर गर्नुहोस्
प्रस्‍थान 26 पढ्नुहोस्