प्रस्थान 24:15-16
प्रस्थान 24:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो। परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्म पर्वतलाई ढाकिराख्यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो।
प्रस्थान 24:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मोशा उक्लेर पर्वतमाथि गए, तब बादलले त्यस पर्वतलाई ढाक्यो। अनि याहवेहको महिमा सीनै पर्वतमा रह्यो। छ दिनसम्म बादलले पर्वतलाई ढाकिरह्यो; र सातौँ दिनमा याहवेहले बादलभित्रबाट मोशालाई बोलाउनुभयो।
प्रस्थान 24:15-16 पवित्र बाइबल (NERV)
तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासँग बादलबाट कुरा गर्नु भयो।
प्रस्थान 24:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा सीनै पर्वतमाथि गए र बादलले पर्वतलाई ढाक्यो। परमेश्वरको उपस्थितिमा चम्किलो ज्योति पर्वतमा पर्यो। त्यस ज्योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्तो देखे। बादलले पर्वतलाई छ दिनसम्म ढाकिराख्यो र सातौँ दिन परमेश्वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो।