प्रस्थान 23:25-26
प्रस्थान 23:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”
प्रस्थान 23:25-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु; अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु।
प्रस्थान 23:25-26 पवित्र बाइबल (NERV)
तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु। तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।
प्रस्थान 23:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म परमप्रभु परमेश्वरलाई तिमीहरूले पुज्यौ भने म तिमीहरूलाई अन्न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। तिम्रा देशमा कुनै स्त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु।