प्रस्थान 22:2-3
प्रस्थान 22:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यदि चोर घर फोर्दैगरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्नेछैन। तर घाम झुल्किसकेको भए, त्यो दोषी हुनेछ। चोरले नोक्सानी भरिदिनुपर्छ। तर त्यससँग केही छैन भने, चोरीको निम्ति त्यो बेचिओस्।”
प्रस्थान 22:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि कुनै चोर घर फोर्दै गर्दा फेला पर्यो, र त्यसलाई हिर्काउँदा मर्यो भने त्यस मानिसको रगतको दोष कसैलाई लाग्नेछैन; तर यदि यस्तो घटना घाम झुल्केपछि भएको हो भने हिर्काउने मानिसलाई रगतको दोष लाग्नेछ। “चोरले क्षतिपूर्ति तिर्नैपर्छ; तर यदि त्यससित केही छैन भने त्यसले चोरी गरेको बदलामा त्यसैलाई बेचेर मूल्य चुकाइयोस्।
प्रस्थान 22:2-3 पवित्र बाइबल (NERV)
यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन। तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।
प्रस्थान 22:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसले जे चोरेको छ, त्यसको लागि दाम चुकाउनुपर्नेछ। त्योसित केही छैन भने त्यसलाई कमारो बनाई बेचेर त्यसले चोरेको दाम तिरिदिनू। त्यसले चोरेको पशु– गाई, गधा, भेडा जे होस्, जिउँदै त्योसँग पाइयो भने त्यसले दोब्बर तिर्नुपर्छ। “राती घर फोरिरहँदा चोर पक्राउ पर्यो र मारियो भने त्यसलाई मार्ने मानिसलाई ज्यानमारा गरेको दोष लाग्नेछैन। तर त्यो काम दिउँसो भयो भने मार्नेलाई ज्यानमाराको दोष लाग्नेछ।