प्रस्थान 20:8-11
प्रस्थान 20:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
प्रस्थान 20:8-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू। छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू। किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो।
प्रस्थान 20:8-11 पवित्र बाइबल (NERV)
“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। हप्तामा छ दिन आफ्नो काम गर। तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
प्रस्थान 20:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“विश्रामको दिन मान्ने गर र त्यस दिनलाई पवित्र राख। तिमीहरू आफ्ना काम छ दिनसम्म गर, तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन। म परमप्रभुले छ दिनमा पृथ्वी, आकाश, समुद्र र त्यहाँ भएका सबै थोक बनाएँ र सातौँ दिनमा विश्राम लिएँ। त्यसैकारण म परमप्रभुले विश्रामको दिनलाई आशिष् दिएर पवित्र पारें।