प्रस्थान 20:1-6
प्रस्थान 20:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि यी सब कुरा परमेश्वरले भन्नुभयो: “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू। “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।

प्रस्थान 20:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले यी कुराहरू भन्नुभयो: “म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू। आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्वर, डाह गर्ने परमेश्वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
प्रस्थान 20:1-6 पवित्र बाइबल (NERV)
तब परमप्रभुले भन्नुभयो, “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन। “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
प्रस्थान 20:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले यी वचनहरू भन्नुभयो, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्याएँ। “मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्नू। “तिमीहरूले आफ्नो लागि स्वर्ग वा पृथ्वी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। तिमीहरूले कुनै मूर्तिलाई नढोग्नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्तानका तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिनेछु। तर जसले मलाई प्रेम गर्छ र मेरा आज्ञा मान्छ, तिनीहरूका हजारौँ पुस्ताहरूमाथि म मेरो प्रेम देखाउनेछु।