प्रस्थान 2:11-12
प्रस्थान 2:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मोशा ठूला भए तब तिनी आफ्ना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एक जनालाई, अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।
प्रस्थान 2:11-12 पवित्र बाइबल (NERV)
जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे। मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।

प्रस्थान 2:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे। तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए।
प्रस्थान 2:11-12 पवित्र बाइबल (NERV)
जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे। मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।
प्रस्थान 2:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा ठूलो भएपछि आफ्ना भाइ-बन्धु इस्राएलीहरूकहाँ गए र त्यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्यहाँ मोशाले आफ्नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे। मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्यस मिश्रीलाई मारेर त्यसको लाश उनले बालुवामा पुरिदिए।