प्रस्थान 18:20-21
प्रस्थान 18:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीले तिनीहरूलाई परमेश्वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ। त्यस बाहेक तिमीले केही योग्य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्वरको डर मान्ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ।
प्रस्थान 18:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्य तिनीहरूलाई सिकाइदिनू। तर सबै मानिसहरूमध्येबाट परमेश्वरको भय मान्ने, योग्य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्यक्तिहरू होऊन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर।
प्रस्थान 18:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ। यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्वरको डर मान्ने विश्वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।
प्रस्थान 18:20-21 पवित्र बाइबल (NERV)
तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।