प्रस्थान 15:1-2
प्रस्थान 15:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गर्दै यो गीत गाए– “म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ। परमप्रभु मेरा बलिया रक्षक हुनुहुन्छ; मलाई बचाउने उहाँ नै हुनुहुन्छ। उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरा पिताका परमेश्वर हुनुहुन्छ, म उहाँका महान्ताबारे स्तुति गाउनेछु।
प्रस्थान 15:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु।
प्रस्थान 15:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। “याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्वर, र म उहाँको नामलाई उच्च पार्नेछु।”
प्रस्थान 15:1-2 पवित्र बाइबल (NERV)
त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः “म परमप्रभुको निम्ति गाउनेछु! उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो। परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ, अनि म उहाँको आदर गर्छु।