प्रस्थान 11:5-6
प्रस्थान 11:5-6 पवित्र बाइबल (NERV)
अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।
प्रस्थान 11:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्। सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन।
प्रस्थान 11:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्। इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ
प्रस्थान 11:5-6 पवित्र बाइबल (NERV)
अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।
प्रस्थान 11:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्तुका सबैभन्दा पहिले ब्याएका बाछाहरू पनि मर्नेछन्। सारा मिश्रदेशभरि अघि कहिल्यै नसुनिएको र पछि फेरि कहिल्यै नसुनिने रुवावासी चल्नेछ।