प्रस्‍थान 11:4-8

प्रस्‍थान 11:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैले मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मध्‍यराततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌। सारा मिश्रभरि अघि कहिल्‍यै नसुनिएको क्रन्‍दन सुनिनेछ, जो फेरि सुनिनेछैन। तर पशुको विरुद्धमा होस्‌ वा मान्‍छेको विरुद्धमा होस्‌ इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्‍नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्‍नुहुन्‍छ। अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्‍डवत्‌ गरेर भन्‍नेछन्, ‘तपाईंका पछि लाग्‍ने सारा मानिसहरूसमेत तपाईं निस्‍किजानुहोस्‌।’ त्‍यसपछि म निस्‍किजानेछु।” तब मोशा अत्‍यन्‍त क्रोधित भएर फारोकहाँबाट गइहाले।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण मोशाले भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु। इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्। इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ; तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्‍नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्‍नता राख्नुहुन्छ। तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:4-8 पवित्र बाइबल (NERV)

मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घट्ना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु। त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसाए र म फिरऊनलाई छोड्नेछु।’”

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब मोशाले राजालाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ कि ‘म मध्‍यरातमा मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्‍ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्‍तुका सबैभन्दा पहिले ब्‍याएका बाछाहरू पनि मर्नेछन्। सारा मिश्रदेशभरि अघि कहिल्‍यै नसुनिएको र पछि फेरि कहिल्‍यै नसुनिने रुवावासी चल्‍नेछ। तर इस्राएलीहरू र तिनीहरूका पशुहरूलाई भने एउटै कुकुरले पनि भुक्‍नेछैन। तब तिमीहरूले चाल पाउनेछौ कि परमप्रभुले इस्राएलीहरू र मिश्रीहरूमा भेद राख्‍नुहुन्‍छ’।” मोशाले अन्‍त्‍यमा भने, “तपाईंका सबै भारदारहरू मकहाँ आएर मलाई ढोग्‍नेछन् र मेरा सबै मानिसहरूलाई लिएर जान बिन्‍ती गर्नेछन्। त्‍यसपछि म जानेछु।” तब मोशा रिसले तातिएर हिँडे।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्