प्रस्थान 10:13-14
प्रस्थान 10:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो। अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्।
प्रस्थान 10:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्।
प्रस्थान 10:13-14 पवित्र बाइबल (NERV)
यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो। सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्।
प्रस्थान 10:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले आफ्नो लौरो उचाले र परमप्रभुले त्यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्याउनुभयो। भोलिपल्ट बिहान त्यो बतासले सलहहरू ल्यायो। ती हुलका हुल आए र सारा देशभरि बसे। त्यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्।