एस्तर 9:20-22
एस्तर 9:20-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि वर्षेनी अदार महिनामा चौधौँ र पन्ध्रौँ दिन आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।
एस्तर 9:20-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए। यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।
एस्तर 9:20-22 पवित्र बाइबल (NERV)
अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए। तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई बर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे। यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।
एस्तर 9:20-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोर्दकैले यी सबै घटनाहरूबारे लेख्न लाए र टाढा र नजिकका सबै यहूदीहरूलाई चिठी पठाए। सारा फारस-साम्राज्यमा उनले अदार महिनाको चौधौँ र पन्ध्रौँ दिन हरेक वर्ष उत्सव मनाउन लेखिपठाए। ती दिनमा यहूदीहरूले आफ्ना शत्रुहरू नाश पारेका थिए, यही महिनालाई तिनीहरूले एउटा शोक र निराशाको समयबाट हर्ष र आनन्दित समयमा परिवर्तन गरेका थिए। ती दिन तिमीहरूले भोज खानू, उत्सव मनाउनू र गरीबहरूलाई आपसमा पनि खानेकुराका उपहार बाँड्नू भनी लेखिएको थियो।