सामग्रीमा जानुहोस्

एस्‍तर 4:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 4:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब एस्‍तरले आफ्‍नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्‍यो र किन त्‍यसो गरेको भनी मोर्दकैसित सोध्‍न हुकुम गरी पठाइन्‌।

एस्‍तर 4 NNRV

एस्‍तर 4:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्‍तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्‍येबाट राजाद्वारा एस्‍तरको चाकर हुन खटाइएको व्‍यक्ति थियो।

एस्‍तर 4 सरल नेपाली

एस्‍तर 4:5 NERV (पवित्र बाइबल)

तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।

एस्‍तर 4 NERV

एस्‍तर 4:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्।

एस्‍तर 4 NCV