एस्तर 4:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 4:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे।
शेयर गर्नुहोस्
एस्तर 4 NNRVएस्तर 4:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राजाको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूका बीचमा चर्को सोरले विलाप हुन लाग्यो। तिनीहरू उपवास बसे, रोए र विलाप गरे। धेरैजसो यहूदीहरूले भाङ्ग्राका लुगा लाए र खरानीमा सुते।
शेयर गर्नुहोस्
एस्तर 4 सरल नेपालीएस्तर 4:3 NERV (पवित्र बाइबल)
अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।
शेयर गर्नुहोस्
एस्तर 4 NERVएस्तर 4:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे।
शेयर गर्नुहोस्
एस्तर 4 NCV