Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसपछि राजाले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एस्‍तरको सम्‍मानमा एउटा ठूलो भोज दिए। तिनले प्रान्‍त-प्रान्‍तहरूमा बिदाको घोषणा गरेर राजाले दिनुपर्ने योग्‍यका उपहारहरू दिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि राजाले एस्‍तरको सम्‍मानमा एउटा ठूलो भोज दिए र आफ्‍ना सबै अधिकृतहरू र भारदारहरूलाई निम्‍त्‍याए। उनले आफ्‍ना सारा साम्राज्‍यमा बिदा घोषणा गरे र राजाको गौरवअनुसार राजकीय उपहारहरू दिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:18 NERV (पवित्र बाइबल)

यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले दिन सक्ने उपहारहरू सबै प्रान्तमा पठाई दिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना सबै भारदार र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। तिनले सबै प्रान्तभरि बिदाको घोषणा गरे; अनि राजाको उदारताअनुसार राजकीय उपहारहरू बाँडे।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV