Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:12 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्‍तुहरूले सिँगारिदिएर स्‍त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्‍यो।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सामान्यतया स्‍त्रीलाई सिङ्गार-पटारका वस्‍तुहरू लाएर सुशोभित गरी तयार पार्ने काम एक वर्षसम्‍म चल्‍दथ्‍यो: छ महिना तेल र मूर्रको तेलले र छ महिना तेल र अत्तरको तेलले मालिश गरिन्‍थ्‍यो। त्‍यसपछि पालैपालो गरेर केटीहरूलाई एक-एक गरी अहासूरस राजाकहाँ लगिन्‍थ्‍यो।

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:12 NERV (पवित्र बाइबल)

प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउँथे अनि छ महीना अत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे।

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कुनै पनि युवती एक-एक गरी राजा अहासूरसकहाँ जाने पालो आउनअगि तिनीहरूको लागि तोकिएको सिङ्गार-पटारको बाह्र महिना पूरा गर्नुपर्थ्यो। छ महिनासम्म मूर्रको तेलले, छ महिनासम्म सिङ्गार मसला र अत्तरको तेलले मालिश गरिन्थ्यो।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV